सर्लाहीको गोरखकाली नाकाबाट तस्करी

6.1k Shares

मलंगवा । सर्लाही जिल्ला को गोरखकाली नाका तस्करहरूको लागि खुला गरिएको छ। सर्लाहीको मुख्य तस्करी हुने नाका मध्ये गोरखकाली प्रमुख हो । गोरखकाली स्थित प्रहरी चौकीमा जानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई टेण्डर हालेर जाने प्रचलन यहाँ धेरै बर्ष देखि चल्दै आएको छ । त्यसैले पनि टेण्डर हालेर गएपछि त्यही अनुसार उठाउन त पर्याे नै । उठाउनको लागि तस्करी गराउनु नै पर्याे । त्यही भएर पनि यो नाकाबाट अहिले व्यापक तस्करी भैरहेको छ । 
यस नाकाबाट मुख्य गरेर तस्करीको लाइन पाउनेहरूमा जयकिशोर यादव ( हार्डवेयर र बिद्धुतिय सामान ) , विजय साह ( सूर्ति , कपडा ,  बिद्धुतिय सामान )  , जयकिशोर यादव ( कपडा , स्याउ , मकै , धान ) , उमेश पटेल ( कपडा , स्याउ , मकै , कस्मेटिक ) , तीन बहिनी ( टेम्पोमा कपडा ) , उर्मिला ( किराना ) काली ( किराना ) प्रमुख छन् । यसबाहेक यस चौकी मातहत ९ वटा अबैध मदिरा भट्टीहरू समेत रहेका छन् । यी अबैध भट्टीहरूबाट उत्पादित मदिरा भारत तर्फ तस्करी हुदै आएको छ ।  अबैध भट्टी संचालन गर्न सहयोग गरेवापत एउटा भट्टीले जिल्लाका घुमुवा बाहेक स्थानीय प्रहरीलाई मासिक २५ हजारको दरले रकम दिने गरेको समेत भट्टी चलाउनेहरू खुलेयाम नै बताउँछन् । साथै यहाँका प्रतीक र साहारा नामका होटलमा भारतीयहरू मदिरा सेवनका लागि आउने गर्दछन् । बिहान देखि राति अबेर सम्म मात्रै होइन मध्य रात सम्म मात्रै नभएर कहिलेकाही त रातभर नै होटलमा भारतीय ग्राहकले मदिरा सेवन गरेर बसिरहेको देख्न सकिन्छ । त्यसरी छुट दिएवापत होटलले प्रहरीलाई महिनावारी राम्रो रकम दिने गरेको समेत होटलका कर्मचारीहरू बताउँछन् । यी होटल डिस्को क्लव जस्तो पनि अनुभूति हुन्छ कहिलेकाही त ।
अहिले यो गोरखकाली चौकीमा बरिष्ठ सई रामबालक यादव प्रमुख छन् । केही बर्ष  पहिले सम्म हवल्दार बस्ने यो चौकीमा अहिले बरिष्ठ सई प्रमुख छन् । बरिष्ठ सई रामबालक यादवको दरबन्दी सर्लाही  पनि होइन । उनको दरबन्दी धनुषाको ढल्के स्थित दंगा नियन्त्रण प्रहरी गण हो । यसभन्दा अगाडि बाराका राम्रो इप्रका र थाना चौकी बसिरहेका उनी बारामा धेरै बदनाम समेत भएका थिए । पर्सामा कार्यरत रहदा पनि उनी धेरै बदनाम र बिबादित भएका थिए । दंगाबाट थप मद्दतमा सर्लाहीको हरिवन आएका उनी त्यसपछि इप्रका हरकटवाको प्रमुख भए । त्याहां जाने बित्तिकै  एक दिनमा ३५ हजार घुष खाएको काण्डमा जिल्ला प्रहरी कार्यालय तानिए । त्यसपछि उनी फेरि इप्रका गडैया डुमरिया गए । त्याहांको प्रहरी निरीक्षक अनिवार्य अवकाशमा गएपछि झण्डै ६ महिना उनी निमित्त प्रमुख पनि भए । त्यसपछि अर्को तस्करीको नाका भनेर चिनिने संग्रामपुर पनि उनी प्रमुख भए । यसपछि झण्डै ७ महिना जिल्लामा सुवेदार मेजर बनेका यादव गोरखकाली चौकी गएका हुन् । 
एकातर्फ उनले सई भए देखि कार्यरत भएको पोष्टिङ हेर्ने हो भने वारा , पर्सा देखि सर्लाही सम्मका राम्रो र अतिरिक्त कमाई हुने थाना चौकी र इप्रका छोडेका छैनन् भने अर्कोतिर उनको दरबन्दी दंगा गण हो । हेडक्वाटरले अहिले पनि दरबन्दीमा पठाउने भनेर देशभर परिपत्र गरेको छ। तर उनको रमाना अझै भएको छैन । किन ?

सम्बन्धित समाचार