तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

20k Shares

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । 

चालु आवमा पाँच अर्ब ५९ करोड संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड संकलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए। 

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए। पछिल्लो समय मानिसहरूको आवतजावत बढिरहेको उनको भनाइ छ । 

उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए ।

सम्बन्धित समाचार