चार जिल्लाका एसपी दुई महिना नपुग्दै फेरिए

19k Shares

काठमाडौं । दुई महिना नपुग्दै चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । 

महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्याम राईलाई अपराध अनुसन्धान विद्यालय महाराजगन्ज तानेर नकुल पोखरेललाई पठाइएको छ ।

सर्लाहीका एसपी दयानिधि ज्ञवालीलाई प्रहरी केन्द्रीय विशेष कार्यदल काठमाडौंमा तानेर रवीन्द्र सिंहलाई पठाइएको छ ।

धनुषाका एसपी मित्रबन्धु शर्मालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज तानेर भुवनेश्वर तिवारीलाई पठाइएको छ ।

त्यस्तै, नुवाकोटका एसपी सञ्जयसिंह थापा पनि दुई महिना नपुग्दै सरुवा भएका छन् । उनलाई मधेस प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर पठाइएको छ ।  

अन्य जिल्ला केही जिल्लाका एसपी पनि फेरबदल भएका छन् ।

उनीहरूको गएको १ फागुनमा सरुवा गरिएको थियो । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उनीहरूको सरुवा भएको थियो ।

अहिले गृहमन्त्री रवि लामिछानेकै चाहनामा एसपीहरूको सरुवा भएको स्रोत बताउँछ ।

सम्बन्धित समाचार