16.2k
Shares
काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो ।
उनलाई आयरल्यान्डका बलर थोमस मायसले पिटर मुरद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि कप्तान विनोदले १९ बलमा दुई चौकाको मद्दतले १६ रन बनाएका थिए । १५.५ ओभरमा विनोद आउट हुँदा नेपालले ५९ रन बनाएको छ ।