ओलीले एकताको इमान्दारिता देखाएनन् : वामदेव गौतम

16.6k Shares

काठमाडौं, २६ जेठ । नेकपा (एमाले) का नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले एकताको लागि इमान्दारिता नदेखाएको आरोप लगाएका छन् । ओलीले पार्टी एकताको लागि आह्वान गरेलगत्तै नेता गौतमले यस्तो बताएका हुन् । उनले अध्यक्ष ओलीले वक्तव्यमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग गरिएको पनि टिप्पणी गरेका छन् ।

गौतमले संसद् पूनःस्थापना भए वा प्रधानमन्त्री ओलीको संसद् विघटनको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुवै अवस्थाका चूनौतिलाई सामना गर्न एकताबद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिनेगरि छलाङ लगाएर अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ भनेर उल्लेखपनि गरेका छन् ।

सम्बन्धित समाचार