राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

7k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न राष्ट्रपतिको कार्यालय (शीतल निवास) पुगेका छन्। 

अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भइरहेको छ।

तुर्कमेनिस्तान भ्रमण सकेर शुक्रबार राति मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओली राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ताको विषयबारे भने जानकारी प्राप्त भइसकेको छैन। 

सम्बन्धित समाचार