नेपालले लगातार गुमायो पाँचौँ र छैटौँ विकेट

17.3k Shares

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो पाँचौँ र छैटौँ विकेट लगातार गुमाएको छ । पाँचौँ विकेटका रुपमा नेपालले पवन सर्राफलाई गुमाएको हो । पेभेलियन फर्किनुअघि उनले १२ बलमा एक चौकाको मद्दतले १३ रन बनाए । पवनलाई आयरल्यान्डका बलर गारेथ डेलानीले विकेटकिपर निल रकद्वारा स्टम्पिङ गराएका थिए । १४.१ ओभरमा पवन आउट हुँदा नेपालले एक सय २० रन बनाएको छ । 

त्यसलगत्तै नेपालले आफ्नो छैटौँ विकेट पनि गुमाएको थियो । नेपालले छैटौँ विकेटका रुपमा नारायण जोशीलाई गुमाएको हो । उनी एक बलमा एक रन बनाउँदै रनआउट भएका थिए । १४.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २१ रन बनाएको छ । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।
 
सम्बन्धित समाचार