अमेरिकी कम्पनीमाथि राजस्व अनुसन्धानको मुद्दा, दस अर्ब छत्तिस करोड राजस्व चुहावट

17.2k Shares

काठमाडौँ - राजजस्व अनुसन्धान विभागले कोटिभिटी नेपाल प्राइभेट लिमिटेडविरुद्ध दस अर्ब ३६ करोड रुपियाँभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार दस अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ रुपियाँ राजस्व चुहावट गरेको अभियोगमा पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

सेयरधनी नामसारी गर्दाको राजस्व छली ४१ करोड ६४ लाख १७ हजार ९६५ रुपियाँ, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कसुरमा चार अर्ब ७६ करोड ५८ लाख ४३ हजार ३५५ रुपियाँ र पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपियाँको बिगो कायम गरिएको छ । कोटिभिटी नेपाल प्रालि नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । विभागले दायर गरेको आरोपपत्रका अनुसार त्यसको स्थायी लेखा नम्बर ३०११६१६१९१ रहेको छ ।

उक्त कम्पनीले आफूमा रहेको सेयर स्वामित्वमा परिवर्तन हुँदा र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायमा कुनै जानकारी नदिएको विभागले जनाएको छ । सेयर स्वामित्व परिवर्तन गर्दा सिर्जना हुने कर दायित्व पूरा नगरेको, मुख्य कम्पनी कोटिभिटी इन्कलाई आफ्नो सेवा बिक्री गरी राजस्व चुहावट गर्ने उद्देश्यले सहायक कम्पनी काठमाडौँको हात्तीसारमा रहेको कोटिभिटी नेपालले राजस्व छली गरेको तथा डा. इमाद रिज्क ब्रेट म्यागन, केरी एस्किन, पिटर क्सापो, अपर्ना कोथुरसमेतले राजस्व चुहावट ऐनले निषेध गरेका कार्यमा संलग्न भएको कसुर पुष्टि भएको विभागले जनाएको छ ।

महानिर्देशक ढुङ्गानाले उक्त मुद्दामा पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपियाँ राजस्व चुहावट भएको बताउनुभयो । उहाँका अनुसार अनुसन्धानका क्रममा सेयरधनी दर्ता किताब प्राप्त गरी विश्लेषण गर्दा भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज् प्रालिका नाममा २०७१ पुस ६ गते सेयरधनी दर्ता किताबमा डिटु हकाई इन्क, २०७१ चैत १३ गते सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इन्क, २०७२ असार ४ गते सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इन्क (सेयर वृद्धि) उल्लेख भएको छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार