काठमाडौँ । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंकसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । नेपाल बैंक लिमिटेडले एशियाली विकास बैंकसँग उसको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत सम्झौता गरेको हो । कार्यक्रमले व्यापार वित्तियको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्याउने बैंकको विश्वास छ ।
२०२२ मा एडीबीले गरेको १०,००० भन्दा बढी व्यावसायिक कारोबारहरू मार्फत ७.७ बिलियन डलर भन्दा बढीको व्यापारीक सहयोग मध्ये ६०% भन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेका थिए । सम्झौतामा एडीबीका प्रमुख स्टिभन बेक र नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एसियाली विकास बैंकसँग व्यापार वित्तिय सम्झौता गर्न पाउँदा आफूहरु उत्साहित भएको बताए ।