राणा, महर्जन र घिमिरेको पहलमा गोनपालाई पाँच लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

15.9k Shares

ललितपुर । ललितपुर क्षेत्र नं. १ नेपाली कांग्रेसका संघीय सांसद र प्रदेश सांसदका उम्मेदवारहरुको पहलमा गोदावरी नगरपालिकालाई पाँच लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।  
नेपाली कांग्रेस संघीय सांसदका उम्मेदवार पुर्ब अर्थ राज्यमन्त्री उदय शम्सेर राणा नेपाली कांग्रेस खेलकुद बिभाग सचिब तथा युवा नेंता मीन कृष्ण महर्जन र अर्का नेता ऋषिराम घिमिरेको पहलमा एक कार्यक्रमको आयोजना गरी समाजसेवी कल्याण सिल्वालले ५ लाख भन्दा बढी स्वास्थ सामाग्री गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनलाई हस्तान्तरण गरेका हुन् ।
उक्त स्वास्थ सामाग्री गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित लेले प्राथमिक स्वास्थ सामग्रीको कार्यालयमा हस्तान्तरण गरेका थिए । दानवीर सिलवालले अक्सिजन ५ थान, अल्ट्रासाउन्ड मेसिन, पि.पि.सेट, सेनिटाईजर, मास्क, ग्लोब्सलगायतका स्वास्थ सामाग्री बितरण गरेका थिए ।
सो स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेका युवा नेता मीनकृष्ण महर्जनले सेनिटाईजर, ग्लोब्स, मास्क, पि.पि.सेटलगायतका ५० हजार भन्दा बढीको स्वास्थ्य सामाग्री छुट्टै वितरण गरेका थिए ।
गोदावरी नगरपालिका प्रवक्ता एबम् वडा नम्बर ५ वडा अध्यक्ष मिलन सिल्वालको सभापतित्वमा सप्पन्न भएको थियो । उक्त कार्यक्रम प्रवक्ता सिल्वालले सो स्वास्थ सामाग्री दिनुहुने कल्याण सिल्वाल र पहल गरिदिनु हुने कांग्रेस नेता राणा, महर्जन र घिमिरेको प्रशंसा गरेका थिए । सो कार्यक्रममा प्रवक्ता सिलवालले नेता राणा र महर्जनको पहलमा बज्रबाराही हस्पिटलमा २ वटा भेण्टिलेटर समेत उपलब्ध गराएको समेत सो कार्यक्रममा उल्लेख गरेका थिए ।
नेता महर्जनले पहिलो कोभिड महामारीको समयमा पनि लगनखेल डोजोमा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने र मन्दिरहरुमा मागेर जिविकोपार्जन गर्ने निमुखाहरुलाई दुई महिनासम्म बिहान—बेलुक िखाना खुवाउने र नेता महर्जनकै समन्वयमा चापागाउँमा १ महिनासम्म हुनेले दिएर जाऔँ नहुने लिएर जाउँ बन्ने नारा सहित फुड बैंक संचालन गरेका थिए । उक्त फुड बैंक तरुण दल क्षेत्रीय सचिब अनिल श्रेष्ठको संयोजगत्वमा संचालन भएको सो कार्यक्रममा प्रवक्ता सिलवालले उल्लेख गरेको थिए । राणा सोहि क्षेत्रका प्रतिनिधि सभा नेपाली कांग्रेसबाट उम्मेदवार थिए भने महर्जन र घिमिरे सोहि क्षेत्रका प्रदेश सभा उम्मेदवार भएका थिए । महर्जन झिनो मतले पराजित भएका थिए । उक्त कार्यक्रममा गोदावरी नगरपालिका उप मेयर मुना अधिकारी बागमति गाउँपालिका प्रवक्ता वडा अध्यक्ष बिष्णु तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार