पाँच सय सहकारी सङ्कटमा

16.8k Shares

हकारी सङ्कटमा

blog

 

अशाेक अधिकारी

शेयर गर्नुहोस:

sharethis sharing button

 ११ चैत २०८०, आइतबार

 ३ घण्टा पहिले

काठमाडौँ, चैत ११ गते । संविधानले तीनखम्बे अर्थनीतिको अवधारणा अनुसार अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र अनियमितता, खराब ऋण प्रवाह र आन्तरिक भ्रष्टाचारले जनविश्वास गुमाउने चरणमा पुगेको छ । 

देशभरि १५ हजारभन्दा बढी सहकारी संस्था उत्पादन, रोजगारी सिर्जना र आर्थिकोपार्जनसँग जोडिए पनि अर्बौं रकम वित्तीय कारोबार गर्ने सीमित सहकारीमा भएकाले आर्थिक अपचलनले सिङ्गो सहकारी क्षेत्रमाथि अविश्वास उत्पन्न भएको हो ।

सहकारी क्षेत्रका अगुवाहरूका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ सम्ममा पाँच सयभन्दा बढी सहकारी डुब्ने अवस्थामा पुगेका छन् । संविधानले सरकारी, निजी र सहकारी क्षेत्रको अवधारणामा अर्थतन्त्रको विकास गर्ने भने पनि सहकारी क्षेत्रमाथि पछिल्ला वर्षमै मात्रै ठुलो अविश्वास सिर्जना भएको सरोकारवालाले बताएका छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र सङ्घीय सरकारकै मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारी क्षेत्रमा देखिएको विकृति नियन्त्रणका लागि वर्गीकरण गरेर कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दाहालले सरकारी अभिलेख अनुसार करिब ३२ हजार सहकारी संस्था दर्ता भएको बताउनुभयो । उहाँका अनुसार वित्तीय कारोबार गर्ने बचत तथा ऋण शीर्षकका १५ हजार र १० हजार बहुउद्देश्यीय सहकारी संस्था गरी २५ हजार सहकारी संस्थाले वित्तीय कारोबार गरिरहेका छन् । 

उहाँले भन्नुभयो, “२५ हजारको हाराहारीमा ऋण तथा बचत र बहुउद्देश्यीय सहकारीले कुनै न कुनै रूपमा वित्तीय कारोबार गरिरहेका छन्, बैङ्क जस्तै । वित्तीय कारोबार गर्ने पाँच सय सहकारी आर्थिक रूपमा सङ्कटग्रस्त भएको, बचतकर्ताको बचत रकम फिर्ता नगरेको र सञ्चालक पनि भागेको जस्ता घटनासहित उजुरी आएका छन् ।”

अध्यक्ष दाहालका अनुसार ती सहकारीका बचतकर्ता बचत फिर्ता पाउनुपर्ने माग राखेर उजुरी, निवेदन बोकेर नियमनकारी निकायमा धाउने गरेका छन् । उहाँले समस्याग्रस्त सहकारी समितिले सङ्घीय सरकारमातहतका १४५ मध्ये १९ वटा सहकारीलाई सङ्कटग्रस्त घोषणा गरेको, प्रदेश र स्थानीय तहका सहकारीमा देखिएको सङ्कट सोही निकायबाट समाधानका लागि पहल भइरहेको बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार