एकताको प्रयास गर्ने, तर वार्ता नलम्ब्याउने माधव समूहको निचोड

16.6k Shares

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास निर्णय गरेको छ । तर अध्यक्ष केपी शर्मा ओली पक्षसँग हुने वार्तालाई धेरै समय ल्याउन नहुने नेताहरुको जोड छ ।

बिहीबार र शुक्रबार गरी दुईदिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी एकता जोगाउन प्रयत्न गर्ने निर्णय गरेको हो । एमालेलाई २ जेठ २०७५ अगाडिकै अवस्थामा लैजाँदा एकता जोगिने भर्चुअल बैठकले निष्कर्ष निकाले छ । ‘वार्ताको ढोकाहरु खुला राख्ने निर्णय भएको छ । तर अहिले चलिरहेको अनौपचारिक वार्ताहरु अनन्तकालसम्म झुण्ड्याइरहनु हुन्न भन्ने निर्णय भएको छ ।

पार्टी जोगाउन अध्यक्ष केपी शर्मा ओली तयार हो भने चाँडो निष्कर्षमा पुग्नुपर्ने नेपाल समूहले बताएको छ । ‘अन्तिम समयसम्म एकताको पक्षमा उभिने निर्णय भएको छ । त्यसका लागि हाम्रो तर्फबाट सक्दो पहल हुने नेपाल समूहको तर्क रहेको छ ।

बैठकमा नेताहरुले पार्टी  एकताका लागि अहिले पनि अध्यक्ष ओली नै बाधक भएको आरोप समेत लगाएका छन् । गएको २८ फागुन यताका हरेक निर्णयबाट ओली एकता चाहँदैनन् भन्ने पुष्टि भएको बैठकले निर्णय गरेको छ ।

दुई दिनसम्म नेताहरुको राय सुनेका वरिष्ठ नेता नेपालले अन्तिममा निर्णय प्रस्ताव गरेका थिए, जसलाई बैठकले पास गरेको छ । ‘केपी ओलीले आफ्नो कमजोरी सच्याएर जेठ २ अगाडिको पार्टी विधान, राजनीतिक प्रतिवेदन, नेतृत्व र संरचनामा फर्कन तयार हुने हो सहमत हुने नेपाल पक्षको भनाई रहेको छ । एकता जोगाउन २ जेठ अगाडिको पार्टी संरचना कार्यान्वयनमा जोड दिने निष्कर्ष पनि बैठकले निकालेको छ ।

तर शीर्ष नेताहरुलाई कारबाही गरिरहने हो भने वार्ता भन्नुको अर्थ नरहने नेपाल समूहका नेताहरुको निष्कर्ष निकालेको छ । ‘शीर्ष नेताहरु र वार्ता टोलीकै सदस्यलाई निष्काशनको निर्णयले एकता प्रक्रियालाई सकारात्मक बनाउँदैन । त्यस्ता कदम रोकिनुपर्ने,  अवैधानिक रुपमा गरिएका कारबाहीको निर्णय फिर्ता हुनुपर्ने पनि निर्णय गरेको छ ।

 

सम्बन्धित समाचार