19.4k
Shares
काठमाडौँ । राजधानीमा जारी ‘आठौँ आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’ को महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगिताको आइतबार खेलिएको खेलमा एपीएफ क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो ।
खेलको प्रारम्भदेखि नै एपीएफले मधेश प्रदेशलाई दबाबमा राखेको थियो । एपीएफ क्लबले पहिलो सेटको नतिजालाई २५–८ अंकले आफ्नो पक्षमा पारेको थियो । यसैगरी दोस्रो सेटमा पनि एपीएफ क्लब २५–७ अंकले अगाडि रह्यो । तेस्रो सेटको नतिजालाई पनि २५–२ अंकले आफ्नो पक्षमा पार्दै एपीएफ क्लबले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।