सुन प्रकरणमा पक्राउ परेका महराले सीआईबीलाई दिए बयान

17.9k Shares

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सँग बयान लिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालयमा पुगेका थिए । 

बयान सकेर महरा फेरी अस्पताल फर्किएको स्रोतले जनाएको छ । 

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरालाई अस्पताल भर्ना गरिएको छ ।

महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई अस्पताल भर्ना गरिएको हो ।

सम्बन्धित समाचार