काठमाडौं। हामी हरेक विमानस्थलबाट नाफा कसरी गर्ने भनेर व्यवसायिक घरानाले जसरी सोच्दैनौं। विमानस्थल निर्माण गर्ने भनेको राज्यको अनिवार्य दायित्वको विषय हो। त्यही दायित्व अनुसार विभिन्न विमानस्थल निर्माण भएका छन्।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि धेरै टिकाटिप्पणीहरु भएका छन्। विमानस्थल निर्माणका लागि लिइएको ऋण तिर्ने विषयदेखि भौगोलिक अवस्थाका बारेमा विभिन्न भनाईहरु वाहिर आएका छन्।
विमानस्थल निर्माणका लागि लिइएको ऋण तिर्नै सकिँदैन भन्ने पनि छ। हामीलाई तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल किन चाहियो भन्ने बहस पनि भइरहेको छ। यी सबै बहसभित्र जान आवश्यक ठान्दिन। तर केही विषय हामीसँग पनि ठोक्किएकाले स्पस्ट भने पार्न आवश्यक ठान्छु।
पहिलो पोखरालाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक छ की छैन भन्ने वहसमा प्रवेश गर्न चाहन्छु। यो वर्ष मात्रै नेपालमा डेढ करोड यात्रुले हवाई सेवा लिएका छन्। आन्तरिक रुपमै पनि वार्षिक १० प्रतिशतले हवाई यात्रु बढिरहेका छन्। त्यो आधारमा वार्षिक १५ लाख यात्रु बढ्छन्। यही अवस्था मात्रै रहेमा २० वर्षपछि यात्रुको चाप ४ करोड माथि जान्छ।
कोभिड नआएको भए त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल स्याचुरेसनमा गइसकेको हुन्थ्यो। ट्राफिक कन्जेसनका कारण समयमा उडानअवतरण नहुने परिस्थिति आउँथ्यो। त्यो बेलामा हामी ‘एयरलक’ भएर बस्नुपर्ने अवस्था आउने थियो। त्यो बेलामा नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारमाथि गम्भीर प्रश्नहरु उठ्थे।
त्यति मात्रै होइन त्यो बेलामा प्रत्येक नागरिकले हामीलाई सराप्थे। हामीले यही एयर ट्राफिक फोरकाष्ट हेरेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाएका हौं। अहिले हामी अमेरिकामा ठूला र फराकिलो सडक देख्छौं। त्यहाँ गाडी धेरै कम तर सडक धेरै फराकिलो देख्छौं। त्यो सडक अहिलेलाई हेरेर मात्रै बनाइएको होइन। उनीहरुले ४० वर्षपछिको अवस्था