6.2k
Shares
पर्सा, १९ जेठ । जगरनाथपुर गाउँपालिका-१ टाँडीबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम
गए राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकल छाडि चालक फरार भएपश्चात मोटरसाइकल तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।