अबैध रकम असुली गर्दै सर्लाही ट्राफिक

16.7k Shares

सर्लाही । सर्लाहीको ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनका लागि भन्दा पनि सवारी चालकसँग अवैध रकम असुल गर्न लागि परेको देखिएको छ । सर्लाहीका विभिन्न चोक, गल्ली तथा सडकहरु अस्तब्यस्त हूँदै गएका छन् । ट्राफिक प्रहरीले कागजपत्र नभएको सवारी चालकसँग अवैध रकम असुल गर्ने गरेको सवारी चालक राजू गूप्ता बताउँछन् । राजमार्ग क्षेत्रमा खटिनुपर्ने ट्राफिक प्रहरीहरू जंगल क्षेत्रका राजमार्गमा देखिन थालेपछि सर्लाहीका मुख्य चौक पूर्व–पश्चिम राजमार्ग क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तब्यस्त भएको छ । अत्यधिक सवारी साधन चल्ने पूर्व–पश्चिम राजमार्ग स्थित शहरी क्षेत्रमा खटिनको साटो एकान्त स्थल र जङ्गल क्षेत्रमा चेकिङ्गको बहानामा दैनिक जसो ट्राफिक प्रहरी रहने गरेका छन् । चेकिङ्ग गर्ने क्रममा ट्राफिक प्रहरीकै कारण राजमार्गमा जाम हुने गरेको मोटरसाईकल चालक उत्तम पोखरेलले बताउँछन् । सवारी साधन चेकिङ्ग गर्दा ट्राफिक प्रहरीले यान्त्रिक अवस्था हेर्दैनन् । केबल मालबाहक र पशु लोड गरेको सबारी साधनलाई रोकेर चेकजाँचको नाममा सवारी साधनलाई दुःख दिने गरेको गुनासो चालकहरुको रहेको छ ।
कमजोर ट्राफिक व्यबस्थापनको कारण सर्लाही जिल्लाको फूलजोर, बयलवास, रानिगंज, लालबन्दी, नबलपूर, हरिवन, नयाँ रोड, बागमति, बरहथवा, हरिपूर र सदरमूकाम मलङवा लगायतको शहरी क्षेत्रमा जथाभाबी पार्किङ्ग छ । सवारी साधनको जथाभाबी पार्किङ्ग, दोहोरो पार्किङ्ग, फुटपाथ मिचिनुले पैदल यात्रीलाई सास्ती खेप्नू परेको छ । राजमार्गका बस्तीमा हुने ट्राफिक अस्तब्यस्तलाई नियन्त्रण गर्नुको साट्टो ट्राफिक प्रहरीले जङ्गलमा ढुकेर चेकजाँचको नाममा सवारी साधनका चालकलाई दुःख दिने मात्र हैन, सवारि चालक सङ्ग अवैध रकम समेत लिने गरेको गुनासो बढेको छ । ट्राफिक प्रहरीको चेकजाँच सडक दुर्घटना न्यूनीकरण कायम गर्न नभई नियमविपरीत चलेका सवारी साधनसँग अवैध रकम असुलीको लागि ट्राफिक प्रहरी चेकिङ्ग भएको सवारी चालक बताउछन् । जंगल क्षेत्रमा चेकिङ्गमा बसेका ट्राफिक प्रहरीसँग नत मापसे चेक गर्न ब्रेथलाईजर नै छ नत गति मापन गर्न राडर मेसिन राख्ने गरेका छन् ।चालक भन्छन्, ‘दुर्घटना न्यूनीकरण गर्नुभन्दा पनि रकम असुल गर्नु नै ट्राफिक प्रहरीको प्राथमिकतामा पर्ने गरेको छ ।’ माछा लोड गरेर फाइन काटन् आउदा चेकिङ्गमा बसेका ट्राफिक प्रहरी सय र पचास माग्ने गरेको गूनासो ट्राफिक प्रहरी निरीक्षक लेखनाथ मैनालीलाइ पटक पटक आउदा समेत उनी ट्राफिक मैन छन् । यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी निरिक्षक लेखनाथ मैनालीलाइ सोध्दा उनी भन्छन्, ‘हामीलाई माथीबाट नै राजस्व बढाउन भनेकाले हामीले चेकजाँचलाई बढाएका हौँ । कसैलाई दुःख दिएका छैनौँ ।’ मैनाली कसैलाई दुःख नदिएको भन्दै पन्छिए । सर्लाहीको विभिन्न ट्राफिक पोस्टहरुले कम रकमको फाइन काटेर सय पचास लिने गरेका छन् ।
हबल्दार शिब काफ्ले ट्राफिक प्रमूख मैनालीका विश्वास पात्रको रुपमा रहेका छन् । जिल्ला भित्रका प्रतेक ट्राफिक यूनिटबाट कमिसन उठाएर ट्राफिक प्रहरी निरिक्षक लेखनाथ मैनालीलाइे बूझाउने गरेको यातायात व्यावसायीहरु बताउँछन् । जिल्लाका यातायात व्यावसायीहरु, अटो व्यावसायीहरु लगायतसंग महीनावारी असुल्ने गरेको पाइएको छ । ट्राफिक प्रहरीले दुर्घटना भएका सवारी साधनहरुलाई मिलाइ दिने बाहनामा, मालबाहक सवारी साधनहरुलाई लाईन मिलाइ दिने बाहनामा, बिल बुक हराएका सवारी साधनहरुको सिफारिस दिने बहनामा महिनावारी असुल्ने गरेको छ । काफ्ले मैनालीका विश्वास पात्रको रुपमा रहेका छन् । तर ट्राफिक प्रहरीले असुल्ने कमिसनका बारेमा आफुलाई कुनै जानकारी नै नभएको र त्यस्तो भेटिएमा आवश्यक कार्बाही गर्ने प्रहरी निरिक्षक मैनालीले बताए । कमिसन बढी दिनेलाइ बढि कमाइ हुने पोस्टमा पठाउने र कमिसन कम दिनेलाई कम कमाइ हुने पोस्टमा पठाउने गरेको पाइएको छ ।

सम्बन्धित समाचार