पहिलो हाफमा नेपाललाई अग्रता

21.3k Shares

काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले पहिलो हाफमा अग्रता कायम गरेको छ ।
पहिलो हाफमा नेपालले चाइनिज ताइपेयीलाई १—० गोलले अग्रता लिइरहेको छ । कुवेतको राजधानी कुवेत सिटीमा भइरहेको खेलमा नेपालले खेलको चौथो मिनेटमा अग्रता बनाएको थियो ।
नेपालका लागि खेलको चौथो मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपालकालाई अग्रता दिलाएका थिए ।
आजको खेलमा नेपाल जित निकाल्दै एसिया कपका लागि आफूलाई बलियो बनाउने योजनामा रहेको छ । नेपालको विश्वकप छनोटको अघिल्लो चरणको सम्भावना भने समाप्त भइसकेको छ ।

 

सम्बन्धित समाचार