कुमारी बैंकका संस्थापक–कर्मचारीबीच चरम असन्तुष्टि

17.3k Shares

काठमाडौं । पुँजीकोषको अभावमा बचत रकम थुप्रिए पनि कर्जाप्रवाह गर्न असमर्थ रहेको कुमारी बैंकमाथि संस्थापकहरू असन्तुष्ट हुँदै गएका छन् । गत २८ माघमा सम्पन्न साधारणसभाले कुनै पनि लाभांश दिन नसक्ने जनाएपछि संस्थापक सेयर बिक्री गर्नतर्फ अग्रसर हुन थालेका छन् ।

पुँजीकोषको दबाबमा सकस झेल्दै आएको कुमारीको वितरणयोग्य मुनाफा नै ऋणात्मक अवस्थामा रहेको छ । सो बैंकमा निक्षेपकर्ताको बचत थुप्रिए पनि पर्याप्त पुँजीकोष नहुँदा अर्को वर्ष पनि लाभांश दिन सक्ने अवस्था नरहेको विश्लेषक बताउँछन् ।

बैंकका एक अधिकृत भन्छन्,‘ अहिले बैंकसँग पुँजीकोषको दबाबमा नै रहेको छ । उनका अनुसार पुँजीकोषको दबाबका कारण नै थप लगानी गर्न नसक्ने अवस्थामा बैंक पुगेको छ ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार पुससम्म कुमारी बैंकको ८ दशमलव शून्य ३ प्रतिशत पुँजीकोष रहेको छ । जबकि, अन्य ‘क’वर्गका वाणिज्य बैंकहरूको भने ९ प्रतिशतभन्दा माथि नै छ । नेपाल राष्ट्र बैंकले आगामी असारपछि हालको ८ दशमलव ५ प्रतिशतको प्राथमिक पुँजी कोषलाई ९ प्रतिशत पु¥याउनुपर्ने नीति बनाइसकेको छ ।

त्यसपछि कुमारीलाई थप पुँजीकोषको समस्यामा पर्ने देखिएको छ । अहिले ८ दशमलव ५ प्रतिशत कम पुँजी कोष भएका बैंकले आगामी वर्ष पनि यस वर्षको लाभांश वितरण गर्न नपाउने भएकाले कुमारी बैंकको सेयर खरिदमा लगानीकर्ता अनिच्छुक हुँदै गएका छन् । नेपाल राष्ट्र बैंकले पुँजीकोष कायम गर्न नसक्ने बैंकलाई लाभांश वितरण गर्न रोक लगाउने भएकाले नाफा नदिने कुमारीप्रति अनिच्छुक देखिएका हुन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार