सुदूरपश्चिममा मुख्यमन्त्री शाहद्वारा चौथो पटक मन्त्रीमण्डल विस्तार

18.6k Shares

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रबार चौथो पटक सरकार विस्तार गरेका छन्। 

नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रीन्डल विस्तार गरेका हुन्।

शुक्रबार नै नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्। 

शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, ईन्द्र गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चौधरीलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका छन्।

सम्बन्धित समाचार