17.3k
Shares
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको वार्ता सकारात्म भएको बताएका छन् । उनले नयाँ सत्ता गठबन्धनमा नेकपा एस पनि सहभागी हुन सकारात्मक वातावरण निमार्ण भएको बताए ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमालेका अध्यक्ष ओली, माधव नेपाललाई भेट्न उनकै निवास काेटेश्वर पुगेका थिए । भेटमा एमाले महासचिव शंकर पाेखरेल लगायतका नेताहरुको पनि सहभागीता थियो ।
करिब दुई घण्टा लामो छलफल पछि बाहिर निस्कीएका ओलीले नयाँ गठबन्धनप्रति माधव नेपाल सकारात्मक भएको बताए ।