सरकार फेसबुकमा मात्रै देखियो ः भिष्मराज आङदेम्बे

848 Shares

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्मा सरकारको साथमा छौँ भन्नुको अर्थ गलत कामलाई समर्थन गर्न नसकिने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै राम्रो काम गर्दा साथ र समर्थन दिने बताए । उनले भने, ‘बाटो बिराउँछ, खबरदारी र प्रश्न पनि छ। खास सहयोग यही होइन ररु प्रलयकारी त्यो बाढी आएको एक साता बितिसक्यो। सबै ठीकठाक भइरहेको छ तरु जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ भने कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो।’ सरकारलाई कमजोर नभई प्रभावकारी बनाउन प्रश्न गरिरहेको बताए ।
उनले थपे, ‘सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु यो प्रचार होइन, प्राण बचाउने समय हो। नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला। अहिले सबभन्दा बढी खट्किएको विषय खोज र उद्धार नै हो ।’
सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताए । सरकार फिल्डमा नभई सामाजिक सञ्जालमा मात्रै देखिएको टिप्पणी गरे । उनले सरकार सामाजिक सञ्जालमा अल्झिएको भन्दै फिल्डमा भन्दा फेसबुकमा मात्रै देखिएको बताए ।
उनले थपे, ‘मलाई एउटा प्रश्नले घोचिरहेको छ। यदि मन्त्रिपरिषद्का सदस्यहरूकै कोही परिवार वा आफन्तको सदस्य कोही भएको भए, परेको भए मन्त्रीज्यूले प्राविधिक, विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि मन्त्रीले माटो खोस्रेको फोटो, भिडियो वाह मन्त्रीजी भन्न पोस्ट गरिराख्नुहुन्थ्यो ?’

सम्बन्धित समाचार