जनक बर्तौलामाथि आक्रमण गर्ने मुख्य योजनाकार पक्राउ

20.3k Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्य जनक बर्तौलालाई आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी नगरपालिका–४ घर भएका ३५ वर्षीय क्रान्ति बराइली उर्फ निलम विश्वकर्मा छन् । उनलाई फागुन ११ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले  बताए ।

कार्तिक २२ मा बानेश्वरको आईप्लेक्स मल नजिक उसु महासंघको अध्यक्ष समेत रहेका बर्तौलामाथि आक्रमण भएको थियो । प्रहरीले यसअघि बाँकेका शेरबहादुर थारु, आशिष लामिछाने र झापाका टेकबहादुर प्रधानलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानबाट मुख्य योजनाकार रहेको खुलेपछि क्रान्ति बराईलीलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए ।

मुख्य योजनाकार भनिएका आरोपीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ । बर्तौलामाथि आक्रमण गरेपछि क्रान्ति बराइलीले शेरबहादुर थारुलाई ५० हजार र नेपाल–भारत सिमाना कटाएपछि टेक बहादुर प्रधानलाई दुई लाख रुपैयाँ दिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

सम्बन्धित समाचार