गौशालास्थित एक होटलमा महिला मृत अवस्थामा भेटियाे, हत्या भएकाे आशंका

20.3k Shares

काठमाडौँ । काठमाडौँको गौशाला स्थित एक होटलमा महिला मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका ९ स्थित विजय चोकमा रहेको सिराहा धनुषा होटल एण्ड लजमा ४५ वर्षीय महिलाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए । 

गेस्ट हाउसको ढोका दुई दिनसम्म नखुलेपछि अर्को साँचो प्रयोग गरेर ढोका खोल्दा शव देखेपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । महिलासँगै होटलमा बसेका अर्का व्यक्तिले हत्या गरेर बाहिरबाट ताला लगाएर भागेको आशंका गरिएको छ ।

सम्बन्धित समाचार