चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

8k Shares

जिउक्वान । चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू–उपग्रहलाई अन्तरिक्षमा पुर्‍याएको छ ।

लङ मार्च–२सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो । यसलाई चाङ झेङ २सी (सीजेड–२सी) पी पनि भनिन्छ ।

दिउँसो ३ः०८ मा रकेट प्रक्षेपण गरिएको थियो । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सिवेई गाओजिङ–१ ०३ र सिवेई गाओजिङ–१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो ।

सम्बन्धित समाचार