19.9k
Shares
राँची । अभिनेत्री अमिषा पटेलले राँची सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन् । उनीमाथि चेक बाउन्स, ठगी र धम्कीको मुद्दा चलिरहेको छ । जानकारीका अनुसार यसअघि उनी नआउने भनिएपनि राँची आएपछि उनले सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन् । उनले राँची सिभिल अदालतको सिभिल न्यायाधीश वरिष्ठ डिभिजन डिएन शुक्लाको अदालतमा आत्मसमर्पण गरेकी हुन्। उनलाई अदालतले १०/१० हजारको दुई वटा धरौटीमा रिहा गरेको छ ।
अप्रिल महिनामा भएको सुनुवाइका क्रममा उनलाई अदालतमा उपस्थित हुन भनिएको थियो तर उनी हाजिर भएनन् । त्यसपछि राँची सिभिल कोर्टबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।