राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सुरु

17.9k Shares

काठमाडौं । ‘वन्यजन्तु संरक्षण चेतनाको लागि खेलकुद’ नारासहित नवलपुरको मध्यविन्दु नगरपालिकास्थित कोल्हुवामा शनिबारदेखि ‘छैटौँ राइनो संरक्षण गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा १२ टिमको सहभागिता छ । त्रिभुवन आर्मी, वीरगन्ज युनाइटेड, सेन्टर कलेज फोर ब्रदर्स, २८ बिघा कावासोती, लुम्बिनी प्रदेश, संकटा क्लब, मच्छिन्द्र फुटबल क्लब, हानामी बीएफसी चितवन, गण्डकी प्रदेश, वाग्मती प्रदेश, नेपाल एपीएफ र नेपाल पुलिस क्लब प्रतियोगितामा सहभागी छन् ।

शनिबारको पहिलो खेलमा सेन्टर कलेज फोर ब्रदर्सले वीरगन्ज युनाइटेडलाई २–१ ले हरायो । सेन्टर फोर ब्रदर्सका विनोद केवट र फागुराम थारुले एकरएक गोल गरे । वीरगन्जका विकास चौधरीले एक गोल फोर्काए ।

आइतबार हानामी बीएफसी चितवन र गण्डकी प्रदेशबीचबीच प्रतिस्पर्धा हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र व्यवस्थापन समिति र नन्द भाउजू उपभोक्ता समिति संरक्षक रहेको राइनो क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

सम्बन्धित समाचार