जाजरकोट भूकम्पपीडितलाई यूएसएआईडीले १३ लाख ७० हजार डलर दिने

17k Shares

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले जाजरकोट भूकम्पपीडितलाई १३ लाख ७० हजार अमेरिकी डलर सहयोगस्वरुप उपलब्ध गराउने भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो । 

गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण घरहरू भत्किँदा १५४ जनाको मृत्यु भएको थियो भने साढे तीन सयभन्दा बढी घाइते भएका थिए । 

सम्बन्धित समाचार