15.9k
Shares
काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान रोहितकुमार पौडेललाई दोस्रो विकेटका रूपमा गुमाएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहितलाई १४.३ ओभरमा गुमाएको हो । रोहितले नेपाली टिमको खातामा आठ रन थपे ।
जारी खेलको १५ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर ७३ रन बनाएको छ ।
नेपालबाट हाल क्रिजमा रहेका कुशल भुर्तेल ५१ र भीम सार्की दुई रन बनाएर खेलिरहेका छन् । त्यसअघि, नेपालले आसिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमाएको थियो ।