15.1k
Shares
काठमाडौँ । दक्षिणी फिलिपिन्समा ठूलो पहिरो खस्दा तीनवटा यात्रु बस पुरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। डाभाओ डे ओरो प्रान्तको माको सहरमा खानी स्थल नजिकै पहिरो गएको थियो।
यात्रु बसहरूले खानी स्थलबाट कामदारहरू बोकेका थिए। पहिरोमा धेरै मानिस पुरिएको बताइएको छ । स्थानीय प्रकोप निकायले पहिरोबाट कति मानिस प्रभावित भए भन्ने यकिन भएको छैन।
स्थानीय अधिकारीहरूले पीडितहरूको उद्धार गर्न र प्रभावित शहरबाट गाउँलेहरूलाई विस्थापित गर्न आफ्ना कर्मचारी परिचालन गरेका छन्।