मधेशमा फेरियो सत्ता समीकरण : जसपा र जनमत सरकारबाट बाहिर, कांग्रेस–एमाले–नेकपा गठबन्धन

4.6k Shares

काठमाण्डौ - मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ । जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन गरेका छन् । 

सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव नै रहनु भएको छ । मुख्यमन्त्री यादवले हिजो सांसद मोहम्मद समिरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ । जसपा नेपालका तीन मन्त्री र जनमतका एक मन्त्रीलाई हटाइएको छ । जनमतका दुई मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए । 

मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ । केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएबमोजिम मधेस प्रदेशमा मधेसवादी दलहरूलाई बाहिर राखेर तीन दलको नयाँ सरकार गठन भएको हो । 

सम्बन्धित समाचार