क्षेत्र नं. १ ललितपुरको क्षेत्रीय सचिवमा मथुरा शर्मा मनोनित

21.1k Shares

ललितपुर । नेपाली काँग्रेस ललितपुर क्षेत्र नं. १ क्षेत्रिय कार्यसमितिको सचिवमा मथुरा शर्मा (बजगाई) लाई मनोनित गरिएको छ । नेपाली काँग्रेसको बिधान बमोजिम गोदावरी नगरपालिका वडा नं. ७ देबिचौर निवासी शर्मालाई क्षेत्रिय सभापति राजन घिमिरेले मनोनित गरेका हुन् ।
नव नियुक्त सचिव शर्मा बिगत लामो समयदेखि नेपाल बिद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदै ललितपुरको सभापतिको सफल कार्यभारसमेत सम्हालिसकेका छन् ।
नेपाली काँग्रेसको १३ औं महाधिबेशनबाट पारित बिधानमा एक सचिव निर्वाचित र एक जना निर्वाचित क्षेत्रिय सदस्यहरु मध्येबाट सभापतिले मनोनित गर्न सक्ने व्यबस्था छ ।
स्मरणीय छ, लामो समय खोजतलास साप्ताहिक र खोजतलास न्यूज डटकममा निर्देशकको रुपमा कार्य गर्दै आएका शर्मा नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ को सचिवजस्तो पदमा मनोनित भएकोमासफल कार्यकालको खोजतलास परिवार शुभकामना व्यक्तसमेत गर्दछ ।

सम्बन्धित समाचार