संघीय संसदका विभिन्न आठ समितिको बैठक आज बस्दै

15.7k Shares

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २४औँ बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्नेछ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन– २०८० (मस्यौदा माथि) पेश तथा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

यसैगरी, आज राज्य व्यवस्था तथा सुशासन समितिको २२औँ बैठक बस्दैछ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सुरक्षण मुद्रण विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

यता, राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा नागढुंगा सुरुङमार्ग निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने बताइएको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा स्थानीय तहको कानून निर्माण प्रक्रियाको अध्ययनको मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

सम्बन्धित समाचार