19.6k
Shares
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जाजनक विषय भएको बताएका छन् ।
बुधबार गजेन्द्रनारायण सिंहको २२ औँ पुण्य तिथिको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सर्लाही र बालकुमारीमा प्रदर्शन गर्दा पनि सरकारबाट गोली हानी हत्या गरिएको घटनाको विरोध गरे । उनले वाक स्वतन्त्रताका लागि लड्नेहरुबाटै प्रदर्शन गर्दा र बोल्दा मार्ने कुरा लोकतन्त्रको पक्षमा नहुने बताए । उनले लोकतन्त्रमा बोल्ने र प्रदर्शन गर्ने सुविधा सबैलाई हुने बताए ।