गायिका उमा श्रेष्ठको ‘के भुल गरें थिएँ र मैंले’ बोलको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

18.1k Shares

गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक ‘के भुल गरें थिएँ र मैंले’ बोलको गीतमा शब्द रचना अर्जुन थेबेको र संगीत देवराज आले मगरको रहेको छ।

कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन्। भिडियोमा अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन्। बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन निर्देशक स्वयम् कमलको रहेको छ भने कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन्।

 

भिडियो गायिका उमा श्रेष्ठको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सम्बन्धित समाचार