चन्द्रागिरि नगरपालिकामा दिनदहाडै लौखौँको चोरी

8.2k Shares

काठमाडौँ ।  काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ मा आइतबार दिउँसो चोरी भएको छ । टयार्चाटोल बस्ने तेजनारायण गैरेको घरमा सो चोरी भएको हो ।

चोरले नगद १ लाख रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार ८ सय रुपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको छ । 

यता, दाङको लमही नगरपालिका-५ सनलाईट चोक डेरा गरी बस्ने अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भएका बासु पौडेलको कोठाबाट करिब ७ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद आइतबार राति चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार