आईसीसी यू–१९ विश्वकप : नेपालविरुद्ध १५ ओभरमा न्युजिल्यान्डको तीन विकेट गुमाएर ६९ रन

17.3k Shares

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आइतबार खेलिएको नेपालविरुद्धको खेलमा न्युजिल्यान्डले १५ ओभर सकिँदासम्म तीन विकेट गुमाएर ६९ रन बनाएको छ । नेपाली बलर सुवाष भण्डारी, दिपेश कँडेल र तिलक भण्डारीले एक–एक विकेट लिएका हुन् ।

न्युजिल्यान्डले पहिलो विकेटका रुपमा ओपनर लुक वाट्सनलाई १४ रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो । उनलाई सुवाष भण्डारीले बोल्ड गरेका थिए । त्यतिबेला न्युजिल्यान्डले ५३ रन बनाएको थियो । दोस्रो विकेटका रुपमा न्युजिल्यान्डले टम जोन्सलाई ३३ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो ।टमलाई तिलक भण्डारीले बोल्ड गरेका थिए । दोस्रो विकेट गुमाउँदा न्युजिल्यान्डले ६६ रन बनाएको थियो । तेस्रो विकेटका रुपमा ओलिभर टेवाटिया शून्य रनमै पेभेलियन फर्किएका थिए । उनलाई दिपेश कँडेलले विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । त्यतिबेला न्युजिल्यान्डले ६७ रन बनाएको थियो ।

उक्त खेलमा न्युजिल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेलिरहेको हो । यू–१९ विश्वकपको यसअघिको संस्करणमा नेपालले दुईपटक न्युजिल्यान्डलाई हराइसकेको छ । 

सम्बन्धित समाचार