काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय पुगेको छ । बिहीबार ९६ हजार २ सयमा कारोबार भएको सुन शुक्रबार एक हजार रुपैयाँले बढेको हो ।
छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनकी मूल्यमा समेत सोही दरले बढेको छ । बिहीबार ९५ हजार ७०० सयमा कारोबार भएको तेजाबी सुन शुक्रबारका लागि ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार १ हजार २५५ मा कारोबार भइरहेको महासंघले बताएको छ ।