व्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद

17.7k Shares

काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । घरमा २ करोड नगद फेला परेको छ । विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरिएको बताए ।

उनले भने– ‘उहाँलाई नियन्त्रणमा लिएका छौं ।’  अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।

सम्बन्धित समाचार