काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले छलफलको लागि महानगरीय अपराध महाशाखामा बोलाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अपमानजनक टिप्पणी तथा विरोध सभामा गरिएका भाषणमा भीभीआईपीलाई गालीगलौज गरेको विषयमा सोधपुछ गर्न नेतृ रामकुमारी झाँक्रीलाई गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले छलफलका लागि बोलाएको छ ।
नेकपा ओली समूहको अखिल नेपाल महिला संघ ९अनेमसंघ०ले झाँक्रीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएको थियो । गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।
ज्ञापन पत्रमा राष्ट्रपति भण्डारीको चरित्र हत्या गर्दै नेतृ झाँक्रीले विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्या्उने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरू प्रयोग गरेकाले कानूनबमोजिम कारबाही गर्न माग गरिएको थियो ।
एक कार्यक्रममा झाँक्रीले ‘राष्ट्रपतिका कुरा त के गर्नु रु म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु– निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने होरु त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु’ भनेकी थिइन् ।