19.9k
Shares
काठमाडौं- गायक तथा संगीतकार योगेश वैद्यको निधन भएङ्को छ। उनो ७७ वर्षको उमेरमा बिहीबार राति साढे १२ बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो। वैद्य लामो समयदेखि मधुमेहबाट पीडित थिए।
उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायतका गीतहरू लोकप्रिय छन्। उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन्। नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय छन्।