गरिमा विकास बैंकद्धारा ‘गरिमा ५ इन १ बचत खाता’ सार्वजनिक

16.7k Shares

काठमाडाैँ । गरिमा विकास बैंकले ग्राहकहरूका लागि गरिमा ५ इन १  बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ५ इन १  बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यस खाता अन्तर्गत ग्राहकहरूले न्युनतम १००० मा खाता खोली निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग ,वेभ बैकिङ्ग, एटीएम,  सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबाट  डिम्याट, सेयर ट्रेडिङ र मेरो शेयर खाता साथै लकर सुविधामा मा ५० प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ  ।

यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ। 

गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ सेव प्रवाह गरिरहेको छ ।

सम्बन्धित समाचार