भारतमा एकै दिन ८३ हजार ३४१ जनामा कोरोना संक्रमण

23.1k Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ८३ हजार ३४१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टा अहिलेसम्मकै धेरै ८३ हजार ८८३ संक्रमित थपिएका थिए । 
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ९६ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । भारतमा हालसम्म ६८ हजार ४७२ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । भारतमा हालसम्म ३९ लाख ३६ हजार ७४७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।  

सम्बन्धित समाचार