विश्वप्रकाश र प्रदीप संस्थापन इतर समूहको बैठकमा सहभागी नहुने

15.3k Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शेखर कोइरालाले बोलाएको गुटको बैठकमा सहभागी नहुने भएका छन् । कोइराला आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । 

कोइरालाको सचिवालयले महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पहिलो पटक समूहको बैठकमा आमन्त्रण गरेको थियो । १४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट शर्माले महामन्त्री जित्दा सभापति शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

सम्बन्धित समाचार