भारततर्फ लैजाँदै गरेका गाई र गोरु बरामद

16.5k Shares

काठमाडौँ । रौतहटबाट लुकाई छिपाई भारततर्फ लैजाँदै गरिएका १७ वटा गाई र गोरु प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी गौर महादेवपट्टिबाट खटिएको गस्ती टोलीले  अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा गौर नगरपालिका २ बाट गाई र गोरु बरामद गरेको हो ।

प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका १० वटा गाई, एउटा गोरु र ६ वटा बाछी बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । बरामद गाई ,गोरु र बाछीको एक लाख छयानब्बे हजार मूल्याङ्कन गरिएको र आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सम्बन्धित समाचार