भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाललाई १० अर्ब रुपैयाँ दिने

17.4k Shares

काठमाडौं । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । 

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा उक्त घोषणा गरेका हुन् । 

जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा उक्त रकम खर्च गर्न भारतले अनुदान सहयोगस्वरुप १० अर्ब रुपैयाँ नेपाललाई दिने घोषणा गरेको हो ।

“भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले एक हजार करोड रुपैयाँ (१० अर्ब) नेपाललाई आर्थिक सहायता अनुदान स्वरुप उपलब्ध गर्ने सहमति भएको छ,” परराष्ट्र मन्त्रालयको प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । 

सम्बन्धित समाचार