चीनद्वारा चार वटा मौसम विज्ञान उपग्रह प्रक्षेपण

16.9k Shares

काठमाडौँ ।  चीनले सोमबार उत्तर पश्चिम चीनको जिउक्वान स्याटेलाईट प्रक्षेपण केन्द्रबाट चार वटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।तियानमु–१ मौसमी तारामण्डलका उपग्रहहरू कुआइझोउ–१ ए रकेटद्वारा बेइजिङको समयअनुसार बिहानको ९ बजे प्रक्षेपण गरी योजनाबद्ध कक्षमा प्रवेश गरेका छन् ।

क्वाइझोउ–१ ए रकेटको २३ औँ उडान अभियानमार्फत् पठाइएका स्याटेलाईटहरू मुख्य तथा व्यावसायिक मौसमी तथ्याङ्क सेवा प्रदान गर्न प्रयोग गरिने छ ।

 
सम्बन्धित समाचार