18.3k
Shares
काठमाडौं– पोखरामा एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका युवक साधारण तारेखमा छुटेका छन्।
खोया हानिसकेपछि प्रहरीले सम्झाइबुझाइ गर्दा प्रहरीमाथि नै हातपात र अभद्र व्यवहार गरेपछि पक्राउ परेका लमजुङका सन्तोष रानाभाट साधारण तारेमा छुटेका हुन्।
प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरी अनुसन्धानका लागि १० दिन हिरासतमा राखेको थियो। रानाभाटले पुस ७ गते लामिछानेलाई पोखराको अमरसिंह चौरमा मकैको खोया प्रहार गरेका थिए।
जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार रानाभाटलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो। आदेशसँगै रानाभाटलाई आजै छोडिएको कास्की प्रहरीले जनाएको छ।