फुटबल गतिविधि शून्य हुनुमा दोषी को ?

17.3k Shares

काठमाडौं । २०औं शताब्दीको सुरुवातमा ब्रिटिस गोर्खा सैनिकहरूले नेपालमा फुटबल भित्र्याएदेखि नै यसको लोकप्रियताले शिखर चुमेको थियो । तर, यतिबेला नेपाली फुटबलको सर्वाच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को आन्तरिक किचलोले फुटबलका गतिविधि शून्य छ ।

चार महिनाको अन्तरालमा नै एन्फाले तेस्रोपटक साधारण सभा सोमबार बस्न लागेको छ । ६ असार २०७९ मा पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फामा नयाँ कार्यसमिति आएपछि एउटा पनि कार्यसमितिको बैठक सहज रूपमा सम्पन्न भएको छैन । यस्तो कमजोर अवस्थाको नेतृत्वका कारण नेपाली फुटबल खेलाडी पनि पलायन भइरहेका छन् । तथापि, खेलाडीलाई राष्ट्रको गहना भन्ने सरकारको खेलकुद हेर्ने युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् पनि उत्तिकै जिम्मेवार छन् । यी दुवै निकाय गैरजिम्मेवार भइरहँदा नेपाली खेलकुदको अवस्था दिनानुदिन खस्किँदै गएको छ ।

यतिबेला एन्फाका पक्ष विपक्ष दुवैको ध्यान नेतृत्व, पद र पैसामा केन्द्रित छ । तर, शीर्ष डिभिजन लिग कहिले गर्ने भन्ने विषयमा एन्फासँग कुनै योजना छैन । ‘बी’ र ‘सी’ डिभिजन लिग अब हुन्छ कि हुँदैन भनेर क्लब रनभुल्लमा छन् । महिला लिगको हालत पनि उस्तै छ । अबको सन् २०२७ को फिफा महिला विश्वकपमा नेपालको सहभागिता गराउने लक्ष्य एन्फाले लिएको छ । फुटबलका गतिविधिलाई शून्य बनाएर कार्यसमितिको बैठक बोलाउने, त्यसलाई असफल बनाउने र साधारण सभा गर्नेबाहेक अर्काे कुनै काम एन्फाको यो कार्य समितिले गरेको छैन । बेथिति र अनियमितता हुँदासमेत नेपालभित्र यस्ता संघसंस्थालाई हेर्ने कुनै निकाय नै नभएको जस्तो अवस्था छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार