बालकुमारी घटना प्रकरण : अनुसन्धानका लागि ७३ जना प्रहरी नियन्त्रणमा

17k Shares

काठमाडौं– शुक्रबार बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको छ। 

शुक्रबार बिहान ८ बजेदेखि ललितपुरको बालुकमारी इपीएस कार्यालय अगाडि रोजगार अनुमति प्रणाली परीक्षामा सहभागिताको विषयमा प्रदर्शन गर्न पुगेका युवाहरुले मन्त्री ज्वाला सवार गाडीमा आगजनी गरेका थिए। 

उक्त घटना उग्र बनेपछि प्रहरीको कुटपिटबाट एक जना र गोली लागेर एक अर्का गरी दुई जनाको मृत्यु भएको छ। प्रहरीले मन्त्रीको गाडीमा आगजनी भएको घटनाको अनुसन्धानका लागि ७३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

मध्यान्ह १२ बजेतिर एक्कासी डिउटीमा रहेका प्रहरीमाथि ढुंगामुडा प्रहार भएकोमा प्रहरी नायब उपरीक्षक उमेश लम्साल, प्रहरी सहायक हवल्दार शुसिल सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा ससस्त्र प्रहरी तर्फका ४ जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ।

सम्बन्धित समाचार